झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२१
  • |
  • 2025 पटक हेरिएको

नुवाकोटको बेलकोटगडी नगरपालिका वडा ५ को आयोजनामा नवौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ ५ गते हुने भएको छ ।

बेलकोटगडीमा हुने प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडाका अध्यक्ष मदन भुजेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

एथलेटिक्स परिवार, नेपालको संयोजन एवं प्राविधिक सहयोगमा हुने दौडमा पुरुष÷महिला खुला १३.५ किलोमिटर, स्थानिय खुला पुरुष १३.५ किलोमिटर, जुनियर १६ वर्षमुनि छात्र÷छात्रा खुला ४.५ किलोमिटर, १६ वर्षमुनि स्थानियको पुरुष÷महिला ४.५ किलोमिटर, स्थानियको पुरुष ४५ वर्षमाथि ४.५ किलोमिटर, भेट्रान ४५ वर्षमाथि पुरुष खुला १३.५ किलोमिटर, स्थानिय आमाहरुको ४.५ किलोमिटर तथा स्थानिय बृद्ध पुरुष÷महिलाको ‘वाक एन्ड टक’ मा प्रतिस्पर्धा हुनेछ । ‘वाक एन्ड टक’ मा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

पत्रकार सम्मेलनमा दौडका परिकल्पनाकार मोहन नेपाल र एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal