न्यू डायमन्डको प्रशिक्षक भूमिकामा रमाइरहेकी ललिता नाथ

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-१८
  • |
  • 3801 पटक हेरिएको

प्रतिस्ना रेग्मी

उनलाई थाहा थियो, आफ्नो उचाइको कारण उनी राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन सक्दिन भनेर । तर पनि आफ्नो सोखको लागि उनी भलिबलमै लागिरहिन् ।

राष्ट्रिय टोलीबाट नखेले पनि उनी भलिबल खेलाडी हुनुमा गर्व गर्छिन् । आफूलाई भलिबल खेलाडी भन्न रुचाउँछिन् ।

उनी अर्थात् ललिता नाथ । नेपाली भलिबलमा एकदमै परिचित नाम हो ललिता । पुरुषको तुलनामा हेर्न हो भने नेपालमा महिला भलिबलको ‘हाइप’ एकदमै बढी छ ।

त्यो ‘हाइप’ भएको बीचमा ललिता नचिने सायदै कोही होला । भलिबलमै एक दशक बिताएकी ललिताले एक वर्षअघि नै खेल जीवनबाट संन्यास लिइसकेकी छिन् । ‘खेल जीवनबाट संन्यास लिँदा दुख लागेको थियो, मैलै लामो समय भलिबलमै बिताए तर, नयाँ पुस्ताहरूको लागि त्यो बेला मैलै एउटा प्लेटफर्म छाडेको थिए’ ललिताले भनिन् ।

नेपाली महिला भलिबल खेलाडी उत्पादन गर्ने कारखाना नै भन्दा हुन्छ न्यु डायमन्ड यूथ स्पोर्टस क्लबलाई । न्यु डायमन्डले महिला भलिबलमा एउटा इतिहास नै रचिसकेको छ ।

यहाँको उत्पादकहरू राष्ट्रिय टोलीको यात्रा समेत तय गरेका छन् भने कति त स्टार खेलाडी पनि छन् । ललितानाथ पनि न्यु डायमन्डकै खेलाडी हुन् । एक दशक न्यु डायमन्डमै बिताएकी उनको राष्ट्रिय टोलीसम्मको यात्रा भने तय भएन ।

‘मलाई थाहा थियो मेरो उचाइको कारण मैले राष्ट्रिय टोलीमा स्थान बनाउन सक्दिन भनेर, राष्ट्रिय टोलीबाट खेल्ने सबै खेलाडीको सपना हुन्छ मेरो पनि थियो’ ललिता भन्छिन् ‘तर मैले मेरो सोख र सन्तुष्टको लागि खेलेको थिए राष्ट्रिय टोलीमा स्थान नबन्दा पनि म खुसी नै छु ।’

न्यु डायमन्डबाट नै उदाएकी उनले अन्तिम खेल पनि न्यु डायमन्डबाट खेल्दै खेलाडी जीवनबाट विश्राम लिइन् । २६ वर्षकै उमेरमा उनले खेल जीवनबाट संन्यास लिएकी हुन् । खेल खेल्दा उनको घुँडामा चोट लागेको थियो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal