जुनियर तर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-१२
  • |
  • 2537 पटक हेरिएको

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरुले उत्साहजनक प्रदर्शन गर्न सकेनन् ।

योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको राउण्ड अफ ३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र बर्ण प्रभु आनन्द संग पराजित भए । सिंह र आनन्को जोडीले २१-१४, २१-१५ को जित हात पारेका थिए ।

यस्तै पुरुष एकल तर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन बिर्सन लायक भयो । एकल तर्फ नेपाली खेलाडी सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोष संग २१-८, २१-८ को समान अन्तरमा परातिज भए । यसैगरि सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगी संग २१-१०, २१-१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडे संग २१-१६, २१-१७, कविर के.सी. भारतका दिपांशु संग २१-१६, २१-१५ ले पराजित भए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल राउण्ड अफ ३२ मा रक्षा फगामीले पहिलो सेट जितेर केहि खुसी बाँट्न खोजेकी थिईन् तर दोश्रो र तेश्रो सेटमा सम्हालिन नसक्दा पराजयको सामना गर्न पुगिन् । रक्षा बंगलादेशकी जरिना इकवाल मोहना संग १८-२१, २१-१२, २१-७ ले पराजित भइन् । यस्तै स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरु संग २१-१२, २१-७, रिहाना शेरचन भारतकी दिया भिमैया संग २१-८, २१-९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसंग २१-६, २१-१३ पराजित भए । राउण्ड अफ १६ मा रहेकी दिलाशा राना थाईल्याण्डकी पिमचानोक सुत्तीविरियाकुलसंग २१-१२, २१-६, निभा राई भारतकी इशिता नेगी संग २१-६, २१-८, टिशा रानी शाक्य थाईल्याण्डकी पिराया वेचावाङ्गसंग २१-९, २१-४ ले पराजित भए ।

पुरुष युगल तर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाब्य चाबरा र परम चौधरीको जोडी संग २१-११, २१-१० र कविर के.सी. र सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सी.लालरामसंग र सौरभ साउ संग २१-१०, २१-१९ ले पराजित हुन पुगे ।

महिला युगल तर्फ दिलाशा राना र रिहाना शेरचनको जोडी भारतका अक्षिता मनरल र बर्ण प्रभु आनन्द संग २१-१०, २१-१० को समान अन्तरमा पराजित हुन पुगे । यसैगरि रक्षा फगामी र आस्ना श्रेष्ठको जोडी पनि भारतका खेलाडी संग पराजित भए । भारतका इशिता नेगी र भान्सिका ठाकुरको जोडी संग २१-६, २१-५ तथा श्रीया बज्राचार्य र निभा राईको जोडी थाईल्याण्डका सुनिशा लेकजुरा तथा अनन्या नापालाई संग २१-११, २१-५ ले पराजित भए ।

तीन दिने सिरिजमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहेका छ ।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा ९९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा नेपाली ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहेको छ । पुरुष एकलमा ३२ जना, महिला एकलमा २१ जना, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्दैछन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal