नेपाल र भुटानको महिला उमेर समूह फुटबलको डिजिटल राइट्स एडी रिलिजलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-०३
  • |
  • 1897 पटक हेरिएको

काठमाडौं । नेपाल र भुटानको महिला उमेर समूहका २ खेल काठमाडौंमा हुने भएका छन् ।

शुक्रबार र आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेल्न भुटानको यु १६ र यु १९ महिला टोली काठमाडौं आउन लागेको हो । पछिल्लो समय महिला फुटबलको क्रेज बढिरहेका बेला भुटानले मैत्रीपूर्ण प्रतियोगिताका लागि टोली नेपाल पठाउन लागेको हो ।

नेपाल र भुटानबीचका दुवै खेल कान्तिपुर म्याक्सबाट टेलिभिजनमा प्रशारण हुने छ भने एडिआर स्पोर्टस् युट्युब च्यानलबाट पनि दर्शकहरुले उक्त खेलको मज्जा लिन सक्ने छन् । 

टिकेटिङ पार्टनरको रुपमा ई सेवा रहेको छ भने डिजिटल राइट्स एडी रिलिजको रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एडि रिलिजका म्यानेजिङ डाइरेक्टर हरि सुवेदी र एन्फाका महासचिव किरण राईले दुई खेलको सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पहिलो खेल यु १६ को शुक्रबार हुने छ भने दोस्रो खेल यु १९ को आइतबार हुने छ । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal