कुशलकाे अर्धशतकमा जनकपुरलाई १८१ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२९
  • |
  • 2499 पटक हेरिएको

काठमाडौँ । कप्तान कुशल मल्लकाे सानदार अर्धशतकमा चितवन राइनाेजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। 

चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनायाे।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि कप्तान कुशल मल्लले सानदार पारी खेले। ४१ बलको सामना गरेका कुशल मल्लले ७२ रन बनाए। उनले तीन चौका सात छक्का प्रहार गरे। उनि जिमि निसमको बलमा कप्तान अनिल कुमार शहले क्याच आउट गराए।

यस्तै रबि बोपराले ४४ रनको पारी खेले। उनले कुशलसँग मिलेर चौथो विकेटको लागि ११३ रनको शतकीय साझेदारी गरे। 

ओपनर हसन इशाखिल २८ रन बनाउँदा सन्तोष कार्की १४ बनाए।

चितवनले पावरप्लेमा एक विकेट गुमाएर ४४ रन बनाएको थियो। 

पहिलो विकेटका लागि विपिन रावल र हसन इशाखिल २४ रनको साझेदारी गरेका थिए। विपिन तीन रनमा आउट भए। उनलाई जनकपुरका ललितनारायण राजवंशीले २.४ ओभरमा आउट गराए।

यता बलिङ जनकपुरका लागि ललितराजवंशीले दुई विकेट लिए। हर्ष ठाकर र जिमि निसमले समान एक एक विकेट हात पारे।

प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाबा छ। प्लेअफमा स्थान बनाइसकेको जनकपुर पनि जित हासिल गर्दै शीर्ष दुई पाक्का गर्ने लक्ष्यमा छ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal