टस जितेर पहिले ब्याटिङ गरेको चितवनले बनायो पावरप्लेमा ४४ रन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२९
  • |
  • 2489 पटक हेरिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङको निर्णय लिए।

जसमा पावरप्लेको ६ ओभर सकिएको छ। पावरप्लेमा एक विकेट गुमाएर चितवन ४४ रन बनाएको छ। 

पहिलो विकेटका लागि विपिन रावल र हसन इशाखिल २४ रनको साझेदारी गरेका थिए। विपिन तीन रनमा आउट भए। उनलाई जनकपुरका ललितनारायण राजवंशीले २‍.४ ओभरमा आउट गराए।

अहिले क्रिजमा हसन इशाखिल र सान्तोष काकी रहेका छन्। हसनले २२ रन बनाउँदा सन्तोष १२ रनमा अविजित छन्।

प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाबा छ। प्लेअफमा स्थान बनाइसकेको जनकपुर पनि जित हासिल गर्दै शीर्ष दुई पाक्का गर्ने लक्ष्यमा छ।

चितवनको टोली
कुशल मल्ल (कप्तान), रिजन ढकाल, नरबहादुर सार्की, अमरसिंह राउटेला, विपिन रावल (विकेटकिपर), रञ्जित कुमार, रवि बोपारा, हसन इशाखिल, सोहेल तन्वीर, बसिल हामिद, सन्तोष कार्की

जनकपुरको टोली
अनिलकुमार साह (कप्तान), ललितनारायण राजवंशी, किशोर महतो, आसिफ शेख (विकेटकिपर), अरनिको यादव, लाहिरु मिलन्था, शुभ कंशाकार, शेर मल्ल, जिमी निसम, मोहम्मद मोहसिन, हर्ष थाकर

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal