शीर्ष स्थानमको पुलिसको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२८
  • |
  • 2528 पटक हेरिएको

काठमाडौं । ललित स्मृति एन्फा यु–१८  युथ लिगमा शीर्ष स्थानको विभागिय टोली नेपाल पुलिस क्लब विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको दिनको पहिलो खेलमा पुलिसले एफसी खुमलटारलाई ३–१ गोलले पराजित गरेको हो। 

पुलिसको जितमा कप्तान सुवास बमले दुई गोल गर्दा रञ्जित लामाको नाममा एक गोल रह्यो। यता, खुमलटारको लागि डेबिड लामाले गरेको गोल सान्त्वना बन्यो। 

खेलको १६औँ मिनेटमा रञ्जितको गोलमार्फत सुरुआती अग्रता बनाएको पुलिसका लागि कप्तान सुवासले १९औँ मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाए। 

खेलको ५४औँ मिनेटमा लक्ष्मण थामीले दोहोरो पहेँलो कार्ड ब्यहोरेर मैदान बाहिरिएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो। ५७औँ मिनेटमा जोन विष्टले रातो कार्ड ब्यहोरेपछि पुन पुलिस ९ खेलाडीमा झरेको थियो। 

सोहि मिनेटमा खुमलटारका अभिषेक लामाले पनि रातो कार्ड ब्यहोरेपछि १० खेलाडीमा समेटियो। ६८औँ मिनेटमा डेबिड लामाले गोल गरेपछि खुमलटारले खेल २–१ को अबस्थामा ल्याएको थियो तर, ८३औँ मिनेटमा पुलिसका सुवासले पेनाल्टीमा गोल गरेपछि खेलमा पुलिस ३–१ ले विजयी भयो।

जितसँगै १७ खेलबाट ३६ अंक जोडेको पुलिस शीर्ष स्थानमा कायम छ भने पराजित खुमलटार समान खेलबाट ११ अंकसहित पूछारबाट दोस्रो स्थानमा छ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal