युनाइटेड विजयी
- नेप्लेज
- |
- २०८१-०८-२८
- |
- 2501 पटक हेरिएको
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत चेक गणतन्त्रको क्लब भिक्टोरिया प्लेजनलाई पराजित गरेको छ।
बिहिवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले भिक्टोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर युनाइटेडको जितमा रासमस हजल्याण्डले दुई गोल गरे भने भिक्टोरियाका लागि माटेज भिद्राले एक गोल गरे।
जितसँगै युनाइटेडले ६ खेलमा १२ अंकसहति सातौं स्थानमा उक्लिएको छ। त्यस्तै भिक्टोरियाले ६ खेलमा ९ अंक जोडेको छ।