हेल्प नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२७
  • |
  • 2469 पटक हेरिएको

काठमाडौं । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो पराजय ब्यहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा बिहिवार भएको दिनको पहिलो खेलमा हेल्प नेपाल इरानको यु–१८ टोलीसँग ३–१ को सेटमा पराजित भयो। यस खेलमा हेल्प नेपालले आफ्नो दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको थियो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका तीन सेट १६–२५, १७–२५, ९–२५ ले गुमायो।

लगातार चौथो जितसँगै इरान चार खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ। 

पराजित हेल्प नेपाल पनि चार खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal