विराटनगर फुटसल लिग : एबी ५ एफसी शीर्ष स्थानमा
- नेप्लेज
- |
- २०८१-०८-२७
- |
- 2529 पटक हेरिएको
विराटनगर । विराटनगर फुटसल लिगको सातौं चरणका खेलहरु पनि रोमाञ्चक ढंगले सकिएका छन्।
सातौं चरणको खेलमा एबी ५ एफसीले क्लासिको एफसीलाई ९-४ ले पराजित गरेको छ। यस्तै अर्को खेलमा विराटनगर स्पोर्ट्स एकेडेमीले रि युनाइटेड एफसीलाई ४-२ ले पराजित गरेको थियो।
अपटाउन एफसीले स्टार बोइज एफसीलाई २-१ ले पराजित गरेको छ।
सातौं चरणको खेलपछि अंक तालिकामा एबी ५ एफसी २१ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ। १५ अंक रहेको स्टार बोइज एफसीदोस्रो स्थानमा छ। १३ अंकसहित अपटाउन एफसी तेस्रो स्थानमा रहँदा विराटनगर स्पोर्ट्स एकेडेमी ६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ।
रियुनाइटेड एफसीपाँचौं स्थानमा झर्दा क्लासिको एफसी १ अंकका साथ पुछारमा छ।
लिगमा अब तीन चरणका खेलहरू बाँकी रहेका छन्।
विराटनगर फुटसल लिगले स्थानीय फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर समेत प्रदान गरेको छ।