सदस्य–सचिव घिसिङ र शाहीबीच भेट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२४
  • |
  • 2416 पटक हेरिएको

काठमाडौं, मंसिर २४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र एसियाली एथलेटिक्स महासंघका उपाध्यक्ष मुहम्मद अक्रम शाहीबीच सोमबार भेटवार्ता भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपका सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको भेटमा नेपाल एथलेटिक्सको चुनाव र नेपाली एथलेटिक्सको विविध पक्षमा कुराकानी भएको थियो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहको उपस्थितिमा भएको बैठकमा संघको चुनाव यथाशीघ्र सम्पन्न गर्नुमा जोड दिइएको थियो ।

पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा पनि संक्षिप्त कुराकानी भएको थियो । शाहीले सदस्य–सचिव घिसिङलाई पाकिस्तान भ्रमणका लागि निमन्त्रणा गरे । भेटका अवसरमा पाकिस्तान एथलेटिक्स संघका महासचिव शाहजेहान मिरको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal