शनिबारदेखि राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२४
  • |
  • 2473 पटक हेरिएको

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेस्रो राष्ट्रिय फ्रि—स्टाइल रोलर स्केट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २ सय ५० पुरुष र १ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फ्रि स्टायलअन्तर्गत पुरुष÷महिलामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेल खेलाइने छ । बेस्ट ट्रिक र बेस्ट रनमा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन स्थानमा रहने खेलाडीको टुंगो लगाइने छ ।

पुरुष÷महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार ५ हजार नगदसहित पदक र प्रमाण—पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal