हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२३
  • |
  • 2407 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि सुरु भएको छ ।

सेमिनारको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रशिक्षण विधिलाई वैज्ञानिक बनाउन व्यापक सुधारको खाँचो रहेको आवश्यकता औल्याए ।

पुस ३ गतेसम्म चल्ने सेमिनारमा विभिन्न खेलका ३२ प्रशिक्षक सहभागी छन् । सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड साइन्स, सञ्जय महर्जनले न्युट्रिसन, रमन नेपालले साइकोलोजी र डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी र प्राथमिक उपचार सम्बन्धी ज्ञान दिने छन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal