नेपाल प्रिमियर लिगको रोमाञ्चकता: सामसङ टिभीमा ३१ प्रतिशतसम्म  छुट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२०
  • |
  • 3042 पटक हेरिएको

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनले नेपाली क्रिकेट फ्यानहरूलाई उत्साहित बनाइरहेको छ। आफ्ना मनपर्ने टोलीहरूको समर्थनमा स्टेडियम गुञ्जायमान भइरहेका बेला घरमै खेल हेर्ने दर्शकहरूका लागि सामसङ नेपालले टिभीमा विशेष छुट योजना ल्याएको छ।

सामसङले आफ्ना क्युएलईडी, क्रिस्टल युएचडी ४के, र एफएचडी टिभीहरूको विस्तृत रेन्जमा ३१प्रतिशत सम्मको आकर्षक छुटको घोषणा गरेको छ। ग्राहकहरूले यी टिभीहरू १२ महिनाको अवधिमा शून्यप्रतिशत ब्याज दरमा इन्स्टा-फाइनान्स सेवा प्रयोग गरी सजिलै किन्न सक्नेछन्। यस सेवाका लागि ग्राहकले केवल आफ्नो नागरिकता साथमा लिएर सामसङको आधिकारिक स्टोर जानु पर्नेछ।

सामसङले पुराना इलेक्ट्रोनिक उपकरणहरू एक्सचेन्ज गर्नका लागि आफ्नो पार्टनर www.arkostore.com (आर्को स्टोर) सँग सहकार्य गरेको छ। ग्राहकहरूले पुरानो उपकरण साटेर नयाँ टिभीमा थप छुट पाउने सुविधा पनि लिन सक्नेछन्।

यस योजना अन्तर्गत सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका पुनर्विक्रेताहरूबाट नेपालभर सेवा उपलब्ध हुनेछ। अफर १६ पुष, २शून्य८१ सम्मका लागि छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal