ससिन र सुमनको जोडी अन्तिम आठमा
- नेप्लेज
- |
- २०८१-०८-२०
- |
- 3511 पटक हेरिएको
सहआयोजक बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गले र सुमन शाक्यको जोडी ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ को पुरुष युगल (शीर्ष २०) बाहेकमा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । डङ्गोल र शाक्यको जोडीले नेपाली सेनाका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-१४, २१-१२ को सेटमा पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेका हुन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपाली सेनाका विवेक चौधरी र सन्तोष पनेरुको जोडीले पनि जित निकाल्दै अन्तिम ८ मा प्रवेश पाए । उक्त जोडीले इलामका दिवस शङ्कर र सुमित थोकरको जोडीलाई २१-१८, १८-२१, २१-१४ ले पराजित गरेका हुन् ।
यस्तै जित निकाल्दै क्वाटर फाइनल प्रवेश गर्ने क्रममा युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्री र निश्चल खत्रीको जोडी सेनाका विशाल तामाङ र हिमाल चन्दको जोडीलाई २३-२१, १९-२१, २१-८, सहआयोजक बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र रमन महर्जनको जोडी क्लब ७ का प्रदीप महर्जन र तुलसी पुरीको जोडीलाई २१-१५, २१-१३, सेनाका डेभिड थापा मगर र सुरोज महर्जनको जोडी गोर्खाका मुकुल गुरुङ र सन्बित जोशीको जोडीलाई २१-१४, २१-१७, सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडीले बालकुमारीका गौतम शाक्य र निशेष शाक्यको जोडीलाई २१-१३, २१-१३, पुलिसका कबिर के.सी. र हिरा बहादुर राईको जोडीले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्की र महेश खड्काको जोडीलाई २१-१६, १७-२१, २१-१८ र सेनाकै विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१-१४, २१-१३ ले पराजित गरे ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका प्रिन्स दाहाल जित निकाल्दै प्रिक्वाटरफाईनलमा स्थान बनाउन सफल भए । दाहालले सेनाका विशाल तामाङलाई २१-१७, २१-१४ ले पराजित गरे ।
यस्तै सेनाका डेभिड थापा मगरको जोडीले पुलिसका सुनिल जोशीलाई २२-२०, २१-१८ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । यस्तै प्रिक्वाटरमा स्थान बनाउने क्रममा एपिएफका क्षितिज खनालले सेनाका सौर्य महर्जनलाई २१-१२, २१-१५, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीले एपिएफका रोशन साउदलाई २२-२०, २३-२१, सेनाका प्रफुल महर्जनले कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डङ्गोललाई २१-९, २१-३, एपिएफका देवराज रानाले पुलिसका कबिर के.सी.लाई २१-१६, २१-१३ र सेनाका सुप्रिम पन्तले गोर्खाका सन्बित जोशीलाई २१-१५, २१-१६ ले पराजित गरे ।
यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा यु-१७ गल्र्स एकल तर्फको खेलमा सेनाकी रिहाना शेरचन, एपिएफी आकृति कार्की र टिशा रानी शाक्य, लभ ब्याडमिन्टन एकेडेमीकी आश्ना श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ, सेनाकी अजरन्का शेरचन, एपिएफकी प्रियन्शा श्रेष्ठ र सुर्खेतकी निशा सिंहले पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गरे ।