खेलकर्मी सम्मानित
- नेप्लेज
- |
- २०८१-०८-२०
- |
- 2892 पटक हेरिएको
नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ ।
महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट ४ बर्षको लागि सदस्यमा नियुक्त गरेको थियो ।
त्यस्तै नव नियुक्त ललितपुर जिल्ला खेलकुद बिकास समिती अध्यक्ष निनोद महर्जन र सदस्यद्वय सागर चित्रकार र बिमला लामा गोलेलाई पनि सम्मान गरेको छ ।
उनिहरुलाई एक कार्यक्रम बिच ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सम्मान गरे । रबि महर्जन आठौ साफका स्वर्ण पदक बिजेता हुन भने बिनोद महर्जन किकबक्सिङ पुर्ब राष्ट्रिय च्याम्पियन हुन् ।