काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुदै 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१८
  • |
  • 3017 पटक हेरिएको

 

नेप्लेज । नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ ।

यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ ।

वल्र्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।

दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ ।

सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal