एनओसीलाई अन्तरिम आदेश कार्यान्वयन गर्न राखेपको पत्र

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१७
  • |
  • 2058 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ ।

उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले ०८१–ध्इ–१०३१ उत्प्रेषण÷परमादेश समेतको रिट दायर गरेकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८१÷८÷१७ गते भएको आदेश बमोजिम विपक्षी नेपाल ओलम्पिक कमिटीले २०८१ मंसिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिदा विधान संशोधन नगर्नु÷नगराउनु, भनी विपक्षी नेपाल ओलम्पिक कमिटीको नाउंमा अन्तरिम आदेश जारी भएको हुंदा सम्मानित उच्च अदालत पाटनबाट भएको अन्तरिम आदेशको जानकारी विपक्षी नेपाल ओलम्पिक कमिटीलाई गराउनु भन्ने आदेश भए बमोजिम राखेपले पत्रचार गरेको हो । पत्रसंगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपी समेत संलग्न गरी एनओसीमा पठाइएको छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal