एमएमएमा विनोदले खेल्ने
- नेप्लेज
- |
- २०८१-०८-१६
- |
- 2213 पटक हेरिएको
गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा नेपालका विनोद श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । इन्डोनेसियाको जकार्तामा डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा उनले पुरुष ७० केजीमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्स (गाम्मा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजीव महर्जन तथा प्रशिक्षकमा उमेश महर्जन रहेका छन् । खेलाडी सहभागिताको सम्पूर्ण खर्च ललितपुर जिल्ला खेलकुद विकास समिति तथा गाम्मा नेपाल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्सका अध्यक्ष विनोद महर्जनले प्रायोजन गरेका छन् । आरडी फाउन्डेसन, एकता फाउन्डेसन र डा. मोहित गौतमले पनि सहयोग गरेका छन् ।
टोलीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे । टोली बुधबार इन्डोनेसिया प्रस्थान गर्ने छ ।