जनकपुर बोल्ट्सले गर्‍यो नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१४
  • |
  • 2272 पटक हेरिएको

नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ ।

नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखी उत्पादन गर्दै आएको छ । नेपाली क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाईल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । 

हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक श्री अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष श्री शम्भु नाथ झाले सम्झौता पत्र आदन प्रदान गरेका थिए । समारोहमा विशिष्ट अतिथिको रूपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद् श्री मनिस झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भव्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

नेपोभिट टाईल्सका अध्यक्ष श्री शम्भु नाथ झा ले भने , “नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएके स्थानहरु को गरिमा बढाउँछ,, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौँ । यसरी नै जनकपुर बोल्टस्का निर्देशक श्री अमित श्रेष्ठे भने, “नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौ । यसमा थप्दै, नेपोभिट टाइलस्को निर्देशका श्री विभा झाले सम्पुण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी भएका टिमलाई जितको शुभकामना व्यक्त गरे ।

विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद् श्री मनिस झा, जनकपुर बोल्ट्सका निर्देशक श्री अमित श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत मङेश चौधरी लाई माला र खादा अर्पण गरी जनकपुर बोल्ट्सको सफलताका लागी शुभकामना प्रदान गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal