विराटनगरका कारण कोशीमा एनपीएल उत्सवमय : मन्त्री पाच कर्ण राई
- नेप्लेज
- |
- २०८१-०८-१३
- |
- 2330 पटक हेरिएको
काठमाडौं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाच कर्ण राईले आसन्न एनपीएललाई लिएर कोशी प्रदेश क्रिकेटमय भएको बताएका छन् ।
नेप्लेजसँग कुरा गर्दै कोशीबाट विराटनगर किंग्सले प्रतिस्पर्धा गरिरहेकाले आफूहरुले सकेसम्म विराटनगरका सबै खेल कीर्तिपुर रंगशालामा उपस्थित भएर हेर्ने पनि बताए ।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले टिमले जितेमा नगद ३० लाख दिने घोषणा गरिसकेको बताउँदै आगामी दिनमा खेलकुदका लागि प्रदेश सरकारले थप काम गर्ने पनि बताए ।