यु–१८ लिग : एनआरटी शीर्ष स्थानमा फर्कियो, थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१२
  • |
  • 2402 पटक हेरिएको

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको दिनकाे पहिलाे खेल गोलरहित बराबरीमा रोकिएको हो। दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्ने सकेनन्। 

बराबरीसँगै १३ खेलमा २३ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा कायम छ। चर्च ब्वाइज समान खेलबाट १५ अंकका साथ नवौं स्थानमा यथावत छ।

यस्तै बुधबारै भएको दिनको दोस्रो खेलमा न्युरो टिम एनआरटीले एफसी खुमलटारलाई हराउँदै शीर्ष स्थामा उक्लिएको छ। 

एनआटीले खुमलटारलाई १–० गोलले पराजित गरेको हो। एनआरटीको जितमा बिनायक थारुले गोल गरे। उनले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका हुन्। 

जितसँगै १३ खेलबाट २८ अंकसहित एनआरटी शीर्ष स्थानमा उक्एिको छ। पराजित खुमलटार भने समान खेलबाट सात अंकसहित १३औँ स्थानमा छ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal