चेम्निज ओपन करातेमा २ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-११
  • |
  • 2723 पटक हेरिएको

जर्मनीको चेम्निजमा हुने चेम्निज ओपन कराते प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका  छन् । त्यसका लागि खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दै छ ।

नोभेम्बर ३० तारिखमा हुने प्रतियोगिताको यु-१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यु-२१ उमेरसमूहको ६० केजीमुनि विकास घर्तीले प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०२१ को चेम्जिन ओपनमा स्वर्ण र कांस्य जितेका सुमन तिमल्सिना यसपटक प्रशिक्षकको भूमिकामा  छन् । अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोलीलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal