हिसान कास्कीद्वारा अरुणा शाही सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-११
  • |
  • 2713 पटक हेरिएको

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ । 

१७ औं हिसान कास्की स्पोर्टस मिट २०८१को एक भब्य कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले समुद्घाटन गरेका छन् । प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ का साथमा सम्मान पत्रले सम्मान गरे । प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उनको खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत् नगद ५ हजार प्रदान गरेका थिए । 

हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताउँदै राज्यले खेलकुदमा लगानी बढाउने तर्फ ध्यान नदिएको जिकिर गरे । 

सो अवसरमा हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्काले स्पोर्टस मिटले महोत्सवको रुपमा अघि बढेको उल्लेख गरे । 

हिसान कास्कीद्वारा सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हिसान कास्की प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लागन आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal