राखेपको बोर्ड बैठक अघि मन्त्री चौधरीले छुट्टै छलफल गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-११
  • |
  • 2383 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक अगाडि युवा तथा खेलकुद मन्त्रालयले सात वटै प्रदेशका समाजिक विकास मन्त्रीहरुसँग छलफल गर्ने भएको छ । 

राखेपको बोर्ड बैठक १४ गतेलाई आह्वान गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १३ गते सातै प्रदेशका मन्त्रीहरुसँग फल गर्ने तयारी गरेको जानकारी दिए ।

उनले भने त्यसपछि बस्ने बोर्ड बैठकले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्ने भएकाले त्यस विषयमा छलफल गर्न लागेको बताए । यसैगरी विश्व विद्यालय खेलकुद, राष्ट्रपति रनिङ सिल्ड, पारा खेलकुद र कर्मचारी नियमावली लगायतका अन्य विषयमा पनि बोर्ड बैठकमा छलफल हुने छ ।

मन्त्री चौधरीले बोर्ड बैठकमा प्रदेश सदस्य सचिवहरु पनि उपस्थ्ति हुने भएकाले उनीहरुसँग पनि छुट्टै छलफल गर्न चाहेको बताए । उनले बोर्ड बैठक सदस्यसचिवहरुसँग छलफल गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal