सुकुटेमा बीच भलिबल हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१०
  • |
  • 2545 पटक हेरिएको

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ।  

प्रतियोगिता माघ १ देखि ५ गतेसम्म हुनेछ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घले उक्त कुराको जानकारी दिएको हो।

बीच भलिबल प्रतियोगिताको संयोजन नेपाल भलिबल सङ्घले गर्ने बताइएको छ। सो समयमा सुकुटेको पर्यटन प्रवद्र्धनका लागि सुकुटे बीच साङ्गीतिक पनि आयोजना गरिने बताइएको छ। आज एक कार्यक्रमबीच नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघबीच हस्ताक्षर भयो। सिन्धुपाल्चोक जिल्लाकै पहिचान झल्किने सुकुटे नगरीमा हुने बीच भलिबल प्रतियोगितालाई सफल बनाउन आयोजकले आह्वान समेत गरेको छ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal