प्रधानमन्त्रीको एनपीएलको ट्रफी सावर्जनिक मन्तव्य गज्जब
- नेप्लेज
- |
- २०८१-०८-१०
- |
- 2322 पटक हेरिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट समर्थकको मन जित्न सफल भएका छन् । नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी अनावरण गर्न आयोजित विशेष समारोहमा व्यक्त विचार चर्चामा रहेको छ । मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने एनपीएलको तयारी अन्तिम चरणमा पुगेका बेला आयोजक नेपाला क्रिकेट संघ क्यानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले नेपाली क्रिकेटबारे खुलेरै धारणा राखेका छन् । प्रधानमन्त्रीको सचिवालयको मेहनत आजको भाषणमा प्रष्ट देखिएको छ । प्रधानमन्त्रीको सञ्चारविज्ञको रुपमा लामो समयदेखि मिडियामै काम गरेका रामशरण बज्गाँईंसहितको टोलीले काम गरिरहेको छ । नेपाली खेलकुदमा सफलता हात पार्नासाथ सामाजिक सञ्जाल देखि सञ्चारमाध्यममा कन्टेन समेत समयै हाल्ने गरिएको छ ।
प्रधानमन्त्रीले नेपाली खेलकुदका लागि एनपीएलको ट्रफी अनावरणको दिन नै विशेष महत्वपूर्ण रहेको भन्दै यसको ओज बढाउने काम गरे ।
नेपाली खेलकुदबाट एकदमै जानकार नेताको रुपमा स्थापित ओलीले धरहराको काखमा नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी लन्च गर्नाले खेलकुदमा नयाँ जाँगर पैदा गरेको रुपमा व्याख्या गरे ।
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
अधिकांश कार्यक्रममा हँसि मजाक र उखान टुक्का सुनाउने ओलीले सोमबारको कार्यक्रममा त्यस्तो केही गरेनन् । लिखित मन्तव्य वाचन गरेका उनले विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली किक्रेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपीएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्ने कुरा बताए । विश्वभर छरिएर रहेका हाम्रा क्रिकेटप्रेमीहरू मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अँगालेको बताउँदै क्रिकेट हाम्रो युवा पुस्ताको सपना बनेको भन्दै खुलेरै यसको प्रशंसा गरे । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरुकता र अनुशासनको प्रतीक रुपमा चर्चा सुरु गर्दै ८ टिम र तीनिहरुका मार्की खेलाडीबारे आफ्नो धारणले सबैलाई उत्साह जनाए ।
उनले जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोर्टस म्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो आफूले पनि हेरेको बताउँदै जनकपुर झैँ शान्त स्वभाव कायम राख्न आग्रह गरे । उनले आसिफ शेखलाई क्याप्टेन कुलको उपनाम दिनुपर्ला ।
त्यस्तै, काठमाडौं गुर्खाजका कप्तान करण केसीलाई क्रिकेट समर्थकहरुले भ्यालेन्टाइन ब्वाएभनेर सम्बोधन गर्ने कुरा थाहा पाएको बताउँदै उनले राजधानीको नाम राख्ने करणबाट आशा लिएको बताए ।
यसैगरी पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर विश्वले नै चिन्न नसकेको बताउँदै यसपाली ९९ मा आउट हुन नपरोस् शतक हान्न शुभकामना दिए ।
चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली आफूलाई साह्रै मन पर्ने भनेर प्रंशसा गरे । राइनोजलाई सधैं गैडा भन्दै आएका प्रधानमन्त्रीले त्यो कुरा पनि उप्ताउँदै भने ‘आखिर चितवन गैडाजका कप्तान हो नि ! थप चर्चा कमाउनू ।’
लुम्बिनी लायन्सबारे चर्चा गर्दै कप्तान रोहित पौडेलको प्रशंसा गरे । उनले लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि आफूलाई गर्व लाग्ने बताए । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देखिने बताउँदै जसले जिते पनि रोहितलाई फाइदा हुने उल्लेख गरे । उनले भने ‘आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् ।’
प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक
बिराटनगर किङसका सन्दीप लामिछाने त नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर भनेर सम्बोधन गरे । सन्दीपले बीबीएलदेखि आइपीएसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको बताउँदै अगाडि भने ‘त्यसैले त मैले भनेको थिएँ– नेपालीले चान्स पायो भने गर्छ । ’
कर्णाली याक्स्का सोमपाल कामीका ती योरकरहरूलाई कसैले भुल्न नसक्ने बताउँदै सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने विश्वास व्यक्त गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा जुट्न सुझाव दिए । कर्णाली याक्सले भारतका ‘गब्बर’ शिखर धवनलाई अनुबन्ध गरेको सुनेको बताउँदै आइपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेको चर्चा पनि गरे । ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय भएको रुपमा उल्लेख गरे ।
अन्तिममा हिरोको पालो आउने भन्दै नेपाली क्रिकेटका बाघ भनेर सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको प्रंशसा गरे । उनले दीपेन्द्र आफ्नो फेबरेट भएको बताउँदै ऐरीको ६ छक्काको कीर्तिमान स्मरण गर्दै एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनाउन शुभकामना दिाए ।
विश्वकपमा २३७ रनको रेकर्ड बनाएका मार्टिन गप्टिल पनि विराटनगर किङ्समा अनुबन्धित भएका र थुप्रै देशबाट खेलाडी आउने जानकारी पाएको उल्लेख गर्दै एनपीएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिता आयोजना हुने र टिमहरुले भाग लिने भएपछि समर्थकहरु पक्ष र विपक्षमा रहने कुराबारे जानकार ओलीले देशको प्रधानमन्त्री भएकाले सात टीम मध्ये कुन टीमको सपोर्ट गर्ने भन्नेमा आफू दुविधामा रहेको सुनाए । उनले हल्का ठट्टा गर्दै भने ‘मेरो सबैलाई शुभेच्छा छ । आ–आफ्नो टीमको मनोबल बढाउनुस्, ठीक छ । तर यो मेरो टीम भन्दै फ्यानहरूबीच मनमुटाव हुने पो हो कि !’
अन्त्यमा प्रधानमन्त्री ओलीले आगामी दिनमा महिलाहरुको एनपीएल आयोजना गर्नका लागि क्यान पदाधिकारीलाई विशेष अनुरोध पनि गरे ।