सन्जितलाई स्वर्णसहित दुई पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१०
  • |
  • 2231 पटक हेरिएको

काठमाडौं । सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित २ पदक जितेका छन् । नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले २ स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका हुन् ।

सन्जितले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जिते । उनले २६.७ अंक जोडे । ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे । प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससंग पनि भेट भएको थियो ।

सन्जितको पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।

सनिजतले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal