नेपाल क्योकुसिन करातेका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान
- नेप्लेज
- |
- २०८१-०८-०८
- |
- 2284 पटक हेरिएको
नेपाल क्योकुसिन कराते (इको) संघका नवनिर्वाचित पदाधिकारीलाई शनिबार प्रमाण पत्र प्रदान गरिएको छ । संघको बिहीबार सम्पन्न साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई पूर्व उपप्रधानमन्त्री कमल थापाले बूढानीलकण्ठमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
दमन बस्नेतको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । वरिष्ठ उपाध्यक्षमा प्रदमराज सुवेदी, उपाध्यक्षमा नन्दकुमार किराती र रोशन खत्री, महासचिवमा संगित बस्नेत, सचिवमा रोशन कपाली र कोषाध्यक्षमा शिशिर तण्डन रहेका छन् ।
राजु गुरुङ, धिरज खड्का, नरेशध्वज श्रेष्ठ, प्रवेश राई किराती, मिनाकुमारी कार्की बस्नेत, निता थापा भारती, आदित्य द्धा, लालबहादुर खत्री, रेनुका निरौला, सुवास थापा, कोकिल शाही र सन्तोष कार्की सदस्यमा चयन भए ।