तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता मंसिर १८ बाट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-०२
  • |
  • 2730 पटक हेरिएको

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेश्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ मंसिर १८ गते बाट हुने भएको छ ।

सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ बिधामा प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा बरियता अंक प्राप्त गर्नेछन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका बिजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

४ दिन सम्म संचालन हुने प्रतियोगितामा नेपाल भरिबाट करिव ३०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।

करिव ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले दर्ता शुल्क बापत पुरुष र महिला एकलका लागि १ हजार, पुरुष युगलका लागि २ हजार, यु–१७ का लागि ५ सय र मास्टर्स ४५ बर्ष माथिका लागि २ हजार ५ सय निर्धारण गरिएको सचिव रदीप महर्जनले जनाएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियलहरुलाई बिहानको नास्ता र खानाको ब्यवस्थापन आयोजकले गर्ने भएको छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal