ब्याडमिन्टनको कोचिङ कोर्स सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-२४
  • |
  • 1802 पटक हेरिएको

नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिबार सम्पन्न भएको छ ।

छदिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बीडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको हो ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal