फ्रेन्च लिगमा पीएसजीले लिलीलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 172 पटक हेरिएको

माघ २१ । फ्रान्सको लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन् पीएसजीले रेलिगेसन जोनमा रहेको लिलीबिरुद्ध ३–० गोलको सहज जित निकालेको छ ।

लिलीको घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडीहरुले भरिएको पीएसजीले पहिलो गोल पहिलो हाफको इन्ज्यूरी समयमा गरेको थियो । युरीले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई अग्रता दिलाए ।

दोस्रो हाफको अन्त्यतिर पीएसजीले लगातार दुई गोल गर्दै तीन शून्यको जित दर्ता गरायो ।

७७औं मिनेटमा नेइमारले गोल गर्दा ८७औं मिनेटमा अर्जेन्टाइन मिडफिल्डर जियोभानी लो सेल्सेले गोल गर्दै ३–० को जित निश्चित पारे ।

जितसँगै पीएफजीले शीर्ष स्थानमा आफ्नो पकड मजबुत पारेको छ । पीएसजीको २४ खेलबाट ६२ अंक जोडेको छ भने दोस्रो स्थानको आलम्पिक मार्सेलीको समान खेलबाट ५१ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal