विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि युएईको जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-१८
  • |
  • 811 पटक हेरिएको

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमनामा जारी त्रिकोणत्मक एकदिवसीय सिरिजमा युएई विजयी भएको छ। 

अल अमेरात क्रिकेट स्टेडियम ओमानमा आइतबार भएको खेलमा युएईले नेदरल्यान्डलाई २६ रनले पराजित गरेको हो। 

युएईले दिएको २४१ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्स ४७.४ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै बनायो। 

नेदरल्यान्ड्सका लागि बास डे लीडेले सर्वाधिक ६६ रनको अर्धशतकीय पारि खेले। यस्तै, कप्तान स्कट एडवर्ड्सले ५७ बलमा ५१ बनाए। टिम भ्यान डर गुग्टेन २२ र सरिज अहमदले १५ रन बनाए। 

यता, बलिङतर्फ युएईका लागि अली नसीरले सर्वाधिक चार विकेट लिए। जुनैद सिद्दिकीले तीन विकेट हात पारे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २४० रन बनाएको थियो। 

जीतसँग लिग–२ मा युएईले ९ खेलबाट चार अंकसहित पूछारमा छ। यता, पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट १२ अंक रहेको छ। नेदरल्यान्ड्स चौथो स्थानमा छ। 

युएईले सिरिजको अर्को खेलमा सात नोभेम्बरमा ओमान तथा ९ नोभेम्बरमा पुन नेदरल्यान्डसँग खेल्नेछ। यता, नेदारल्यान्ड्सल पाँच नोभेम्बरमा घरेलु टोली ओमानको सामना गर्नेछ। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal