यु–१९ क्रिकेट : गण्डकी र सुदूर विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-१८
  • |
  • 488 पटक हेरिएको

काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशले नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेटमा जीत हासिल गरेका छन्।

आइतबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेट तथा गण्डकी प्रदेशले कर्णली प्रदेशलाई दुई विकेटले पराजित गरेको हो। 

बागमतीले दिएको १३० रनको विजयी लक्ष्य सुदूरले पाँच विकेट गुमाएर २८.५ ओभरमा पूरा गर्यो। त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। 

जीतसँग सुदूरको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ। पाँच खेलबाट आठ अंक जोडेको सुदूर दोस्रो स्थानमा छ भने पराजित बागमती समान खेलबाट चार अंकसहित पाँचौँ स्थानमा छ। 

यस्तै, अर्को खेलमा कर्णाली प्रदेशलाई गण्डकीले दुई विकेटले पराजित गरेको छ। 

कर्णालीले दिएको १०२ रनको लक्ष्य गण्डकीले २६.१ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि पहिले ब्यटिङ गरेको कर्णालीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो।

जीतसँगै गण्डकीले ६ खेलबाट ६ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने अंकविहिन हुँदै पूछारमा छ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal