युनाई एमरीको निर्णयले एस्टन भिल्ला काराबाओ कपबाट बाहिरियो

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०७-१५
  • |
  • 440 पटक हेरिएको

एस्टन भिल्लाका प्रशिक्षक युनाई एमरीले टिममा १० परिवर्तन गर्दै खेलाएका कारण टिम क्वार्टरफाइनल स्थानबाट बाहिरिएकोमा निराशा व्यक्त गरेका छन्। एमरीको यस निर्णयका कारण भिल्लाले घरेलु कपमा लगातार चौथो हार बेहोरेको छ। यद्यपि भिल्ला च्याम्पियन्स लिगको शीर्ष स्थानमा रहेको छ।

यो हारले भिल्लाको घरेलु मैदानमा आठ खेलसम्मको अपराजित यात्रालाई अन्त्य गर्यो। टाइरोन मिंग्सले ८१० दिनपछि पहिलो खेल खेले पनि एमरीको टिमले पहिलो रोजाइका मुख्य खेलाडीहरूलाई विश्राम दिएकोले बेन्चबाट प्रतिस्थापनको राम्रो विकल्प थिएन।  तीन दिनअघि प्रिमियर लिगमा टोटनहमलाई हराएको प्यालेसले इबेरेची एजे र डाइशी कामाडाको गोलको सहायताले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

प्यालेसले एस्टन भिल्लाको कमजोर टोलीलाई फाइदा उठाउँदै जित हात पार्न सफल रह्यो। भिल्लाका प्रशिक्षक युनाई एमरीले प्रमुख खेलाडीहरूलाई विश्राम दिएपछि टिमको खेलमा कमी देखिएको थियो। एमरीको प्राथमिकतामा यो प्रतियोगिता अन्तिम स्थानमा रहेको संकेत गरेपछि प्रमुख खेलाडीहरू ओली वाटकिंस, एमिलियानो मार्टिनेज, यूरी टायलेमेन्स, मोर्गन रोजर्स, अमाडु ओनाना र रोस बार्कलेलाई खेलमा सहभागी गराइएको थिएन।

खेलको आठौं मिनेटमा ड्यानियल मुनोजको क्रसमा एजेले हेडिङ गर्दै प्यालेसलाई अग्रता दिलाए। केही समयपछि एजे घाइते भएर बाहिरिनु परे पनि २३ औं मिनेटमा भिल्लाका लागि झोन डुरानले बराबरी गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए। 

भिल्लाले दोस्रो गोलको खोजीमा दबाब बढाएको अवस्थामा इमिलियानो बुएन्डियाको नजिकको शटलाई प्यालेसका म्याट टर्नरले बचाए। डुरानले दोस्रो हाफमा उत्कृष्ट बचाउ गर्दै टर्नरलाई दबाबमा राखे पनि भिल्लाको कमजोरीले प्यालेसलाई जित हात पार्न सहयोग गर्‍यो। 

६४ औं मिनेटमा डिएगो कार्लोसको पास गल्तीले प्यालेसको कामाडाले सजिलै गोल गर्दै टोलीलाई अग्रता दिलाए। सोही अग्रता नै क्रिस्टललाई अगाडिको यात्रा तय गर्न पर्याप्त रह्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal