नेपालभाषा मंकाः खलः,चेस उपाधि रुपेशले जिते

-
नेप्लेज
- |
- २०८१-०७-१४
- |
- 459 पटक हेरिएको
नेपाल सम्वत् ११४५ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको तेस्रो नेपालभाषा मंकाः खलः,यल राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचालको उपाधि शीर्ष वरियताका खेलाडी एफएम रुपेश जैसवालले जितेका छन्।
ललितपुर महानगरपालिका वडा नं. ११ वाट खेलेका रुपेशले ९ चरणको खेल मध्ये ७ खेलमा जीत र २ बराबरी खेल्दै ८ अंक जोडेका हुन्। उनले स्पष्ट १ अंकको अग्रता लिदै अपराजित रहेर नगद १० हजार आफ्नो नाम गरेका छन्।
ललितपुरको मंकाः खलः दबू छेमा सञ्चालन भएको कडा चेस स्पर्धामा तीन जना खेलाडीले समान ७ अंक जोडेको थियो। खेल नियम डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कट वान , कट टुका आधारमा दोश्रो हुने सौभाग्य राजन पुरीले प्राप्त गरे । उनले नगद ७ हजार हात पारे।
राम्रो खेल प्रस्तुत गर्दै ७ अंक बनाएका थापाथली चेस पार्कका आशिष् फूँयाल तेस्रो बने भने ललितपुरका सुरोज महर्जन चौथो हुन पुगेका छन्।
ललितपुरका ओलम्पियाड खेलाडी सिएम सजिन महर्जन ६.५ अंक जोडेर पाँचौं, आर बज्राचार्य छैटौं, पूर्व नेपाल च्याम्पियन सिएम केशब श्रेष्ठ सातौं, युवा पुरुषोत्तम सिलवाल आठौं, एफएम क्षितिज भण्डारीले नवौं स्थानमा उभिन सफल भएका छन्। ललितपुरका अशोकमोहन श्रेष्ठ ६ अंक बनाउदै दशौं स्थानमा रहेर प्रतियोगिता सम्पन्न गरेका छन्।
यस्तै महिला खेलाडीमा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी ५.५ अंक जोडेर उत्कृष्ट बनीन् । उनले ५ हजार नगद प्राप्त गरिन् भने शान्ति धिमालले ५ अंक बनाई दोश्रो र सोनी डंगोलले ४ अंक बनाई तेस्रो भईन्।
ललितपुर जिल्लाको तर्फवाट स्थानीय उत्कृष्ट प्रथम रत्न ब्यञ्जनकार र द्वितीय सानुराज बज्राचार्य बने।
नेपालभाषा मंकाः खलःका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकारले ६० हजार नगद पुरस्कार प्रदान गरेका छन्।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष निर्मलरत्न बज्राचार्य, सह कोषाध्यक्ष प्रेम महर्जन, सदस्य शैलेन्द्रकार शाक्य, ललितपुर जिल्ला बुद्धिचाल संघका सचिव बिक्रम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
मंकाः खलःका सचिव महेन्द्रलाल महर्जनले सञ्चालन गरेको कार्यक्रम फिडे आर्विटर निर्णायक सोराज ताम्राकारले नतिजा घोषणा गरेका थिए।