म्यान्चेस्टर युनाइटेडबाट होम डेब्यूमा सान्चेसको गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२१
  • |
  • 307 पटक हेरिएको

माघ २१ । एलेक्सिस सान्चेसले म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको हडर्सफिल्ड युनाइटेडबिरुद्ध २–० गोलको जित दर्ता गराएको छ ।

ओल्ड ट्राफोटमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि रोमेलु लुकाकुले ५५औं मिनेटमा क्लोज रेञ्ज भलीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

हडर्सफिल्डका डिफेण्डर माइकल हाफेलीले सान्चेसलाई गरेको फलमा युनाइटेडले पेनाल्टीको अवसर पायो । दुई साताअघि आर्सनलबाट युनाइटेड आएका सान्चेस आफैं पेनाल्टीका लागि अघि सरे ।

तर, चिलीका यी फरवार्डको प्रहार हडर्सफिल्डका गोलरक्षक जोनाल लसलले छेकेपछि रिबाउण्ड बलमा उनैले गोल गर्दै होम डेब्यूमा गोल गर्न सफल भए ।

शनिबार साँझ भएका खेलमा लिग लिडर म्यान्चेस्टर सिटीले बर्नलेसँग एक एक गोलको बराबरी खेलेपछि दोस्रो स्थानको युनाइटेडले अन्तर १३ अंकमा झारेको छ । सिटीको २६ खेलबट ६९ छ भने युनाइटेडको ५६ भएको छ ।

ओल्ड ट्राफोटमा शनिबार रातिके क्षण निकै भावुक देखियो । खेल सुरु हुनुअघि खेलाडी र समर्थकले म्यूनिख एयर दुर्घटनाको ६०औं स्मृति दिवसका अवसरमा एक मिनेट मौनधारण गरे ।

सन् १९५८ को फेब्रुअरी ६ मा म्यान्चेस्टर युनाइटेडको खेलाडी र अफिसियल बोकेको बिमान म्यूनिख एयरपोर्टमा दुर्घटनामा पर्दा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडीको निधन भएको थियो । युनाइटेडको टोली रेड स्टार बेलग्रेडसँग युरोपियन कपको खेलपछि घर फर्कँदै थियो ।

०००

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey