गरिमा विकास बैंकले नेपाली महिला फुटबल टिमलाई प्रति गोल १ लाख पुरस्कार दिने

  • नेप्लेज
  • |
  • २०८१-०७-१४
  • |
  • 597 पटक हेरिएको

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार दशरथ रंगशालामा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा बंगलादेश विरुद्ध नेपाली महिला फुटबल टिमलाई प्रति गोल रु. १ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। यस महत्वपूर्ण खेलमा गरिमा विकास बैंकले नेपाली टिमको उत्कृष्ट प्रदर्शनलाई समर्थन गर्दै गोलको आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

गरिमा विकास बैंकले नेपालको फुटबल खेलमा नयाँ उत्साह थप्ने उद्देश्यका साथ यस कदमलाई अघि बढाएको हो। नेपाली फुटबल खेलको विकास र खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै खेलकुद क्षेत्रमा सहयोग पुर्याउन बैंकले यस्तो निर्णय लिएको हो। यस निर्णयले नेपाली महिला फुटबल टिमको फाइनल खेलमा उत्कृष्ट प्रदर्शनको लागि थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हाल देशभरका विभिन्न स्थानमा १२३ शाखा, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले काठमाण्डौं उपत्यकामा मात्रै २२ शाखा सञ्चालनमा राखेको छ। 

गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागीता जनाउँदै आएको छ। यस अन्तर्गत बैंकले स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकासमा पनि आफ्नो विशेष योगदान पुर्याउँदै आएको छ। फुटबल खेलको प्रवद्र्धन गर्ने क्रमलाई निरन्तरता दिँदै बैंकले यसपटकको साफ वुमन्स च्याम्पियनसिप फाइनल खेलमा नेपाली टिमलाई प्रोत्साहित गर्नका लागि यो आर्थिक पुरस्कारको घोषणा गरेको हो।

बैंकको यस निर्णयले नेपाली महिला फुटबल टिमका खेलाडीहरूलाई थप प्रोत्साहित गर्दै खेलकुद क्षेत्रमा लगनशीलता बढाउन प्रेरित गर्ने विश्वास गरिन्छ। नेपाल र बंगलादेशबीचको यो रोमाञ्चक फाइनल खेलमा यो पुरस्कारले खेलाडीहरूलाई थप उत्साह दिने र नेपालमा फुटबल खेलको महत्वलाई थप प्रस्ट बनाउने अपेक्षा गरिएको छ। गरिमा विकास बैंकको यो कदमलाई सामाजिक र खेलकुद क्षेत्रमा एक सकारात्मक उदाहरणको रूपमा हेर्ने गरिएको छ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro
Nepal Cricket Jersey