रुपेश र सजिनलाई अग्रता 

Kelmi

  • |
  • २०८१-०७-१३
  • |
  • 426 पटक हेरिएको

नेपालभाषा मंकाः खलः, यलको आयोजनामा भएको दुई दिने राष्ट्रब्यापी र्‍यापिड रेटिङ्ग चेस प्रतियोगिताको पहिलो दिन पाचौं चरणको खेल सम्पन्न भएको छ। उक्त स्पर्धामा शीर्ष वरियताका खेलाडी एफएम रुपेश जैसवाल र सिएम सजिन महर्जन पाँच चरणको खेलवाट समान ५ अंक जोड्दै संयुक्त रुपमा अगाडि रहन सफल भएका छन्। 

नेपाल सम्वत् ११४५ नयाँ वर्षको अवसरमा आयोजित तेस्रो नेपालभाषा मंकाः खलः चेस प्रतियोगिता ललितपुर महानगरपालिका वडा नं. ११ वाट प्रतिस्पर्धा गरेका रुपेशले हर्ष बर्धन राठि, हेम भण्डारी, रत्न ब्यञ्जनकार, राजन पुरी र अशोकमोहन माथि जीत दर्ता गरेका छन्। 

मंकाः दबू छेंमा सम्पन्न खेलमा सजिन महर्जनले सोनि डंगोल, शान्ति धिमाल, सानुभाई महर्जन, गणेश बहादुर थापा र प्रेमकृष्ण महर्जनलाई पराजित गरेका छन्। छैटौं चरणको खेल सेतो गोटि लिएर रुपेशले कालो गोटीवाट खेल्ने सजिन सँग प्रतिस्पर्धा गर्ने भएको छ। 

नेपालका ८० जना राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको १५ मिनेट १० सेकेण्ड र्‍यापिड रेटिङ्ग प्रतियोगितामा १० जना उत्कृष्ट खेलाडीहरुले समान ४ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा उभिएका छन्। जसमा महालक्ष्मी नगरपालिकाका प्रेमकृष्ण महर्जन, ललितपुरका राजन पुरी, थापाथली चेस पार्कका आशिष् फूँयाल, ललितपुरका अशोकमोहन श्रेष्ठ, काठमाडौंका सिएम मिलन लामा रहेका छन्। 

यसैगरी ललितपुरका सानुभाई महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, काठमाडौंका विजेश राजकर्णिकार, ललितपुरका राजेन्द्र बज्राचार्य र पाँचथरका महेन्द्रकुमार साम्बाहाम्फे छन्। 

राष्ट्रब्यापी चेस प्रतियोगिताको आरम्भ गर्दै ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जन र मंकाः खलःका अध्यक्ष हेराकाजी महर्जनले चेस गोटी चाल्दै संयुक्त उदघाटन गरेका छन्। प्रतियोगितामा सहभागी १५ जना उत्कृष्ट खेलाडीले नगद ६० हजार प्राप्त गर्ने जानकारी गराउदै संयोजक राजु ताम्राकारले पुरस्कार वितरण न्हूदँ समारोह मंगलबजारको कार्तिक दबलीमा प्रदान गरिने बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal