बुदोकै–दोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-१३
  • |
  • 439 पटक हेरिएको

नेपाल बुदोकै–दो फुल कन्ट्याक्ट कराते संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मानित गरेको छ । 

मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जित्ने खेलाडीहरूलाई सम्मानित गरिएको हो । स्वर्ण विजेतालाई १० हजार र रजत पदक विजेता अनि निर्णायक लामालाई ५ हजार नगत रुपैयाँ प्रदान गरिएको थियो ।

अघिल्लो साता अजरबैजानको बाकुमा भएको वर्ल्ड बुदो मार्सल आर्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा विनिस महर्जन, वीरचन्द्र नकर्मी र सतिश बलामीले स्वर्ण पदक जितेका थिए । यस्तै, ज्ञानेन्द्रकुमार हमालले रजत पदक जितेका थिए ।

सम्मान कार्यक्रममा संघले निर्णायक पुजा लामा र व्यवस्थापक विरकृष्ण महर्जनलाई पनि सम्मानित गरेको थियो ।

विजेता खेलाडीहरुलाई नेपाल क्योकुसिन करातेका संस्थापक एवं पुर्वमन्त्री जगतप्रसाद गौचन र जिल्ला खेलकुद विकास समिति काठमाडौँका अध्यक्ष भाइकृष्ण बलामी लगायतले सम्मान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal