बक्सिङमा स्वस्तिका फाइनलमा
- नेप्लेज
- |
- २०८१-०७-१२
- |
- 574 पटक हेरिएको
आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा सोमबार फाइनलमा प्रवेश गरेकी छन् ।
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिककी फरेरालाई ५–० ले पराजित गरिन् । स्वस्तिकाले ब्राजिलकै खेलाडीलाई फाइनल प्रतिद्वन्द्वीका रुपमा पाएकी छन् । मंगलबार हुने फाइनलमा स्वस्तिकाले ओलिभिएराको सामना गर्ने छिन् ।
पुरुष ४६ केजीमुनि नेपालका रोहित जनाला अर्मेनियाका किराकोस्यानसंग ५–० ले हारे । उक्त खेल सेमिफाइनल भएकाले हारका बावजुद रोहितको कांस्य पदक पक्का भएको छ । पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पाले मंगलबारै फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
नेपालबाट बक्सिङमा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष ६३ केजीमुनि नेपालका युनिक राईमात्र पदकविहीन बने । पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्यले पनि कांस्य निश्चित गरिसकेका छन् ।
तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन् । इसा स्पोर्ट्स सिटी हल ‘सी’ मा भएको खेलमा निविताले ६.४८२ अंक जोडिन् । ४ खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । अर्को तेश्रो हुने राष्ट्रमा भारत रह्यो ।
पुरुष ६८ केजीमुनि नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसंग २–० ले चुके । पहिलो राउन्डमा १३–० ले पछि परेका अविनले दोश्रो राउन्डको नतिजा ७–६ ले सुम्पिए । विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान ¥याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य एवं आईएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।
टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १० औं स्थान हासिल गरेको छ । इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा नेपालले युगान्डालाई ४–१ को सेटमा पराजित ग¥यो । नवौं स्थानका लागि भएको खेलमा भने अजरवैजानले नेपाललाई ४–१ ले हरायो ।
महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा पनि सहभागिता जनाउने छन् । पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिंगल्स खेल मंगलबारदेखि हुनेछ ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘ड’ मा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।