राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव राणाको निधन

-
नेप्लेज
- |
- २०८१-०७-०९
- |
- 567 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख प्रेम बहादुर मल्ल, सरोज पोखरेल लगायतका कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गरे।
राणाले राष्ट्रिय खेलकुद परिषद्का दोस्रो सदस्य सचिवका रूपमा २०१७ सालदेखि २०२४ सालसम्म सेवा गरेका थिए।
उनले नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका थिए। उनी नेपाल ब्याडमिन्टन संघका संस्थापक अध्यक्षसमेत हुन् भने संघले उनलाई आजीवन मानार्थ अध्यक्षको सम्मान दिएको संघका वर्तमान अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद्ले राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना व्यक्त गरेको छ।