काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल बन्यो उप विजेता

  • नेप्लेज
  • |
  • २०८१-०६-२६
  • |
  • 733 पटक हेरिएको

नेपाल काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको छ। जसले गर्दा नेपालले उपाधि जित्नबाट चुक्यो। आज भएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई उज्वेकिस्तानले ३-१ सेटमा हराउँदै नेपाललाई रजत पदकमा सीमित बनाएको हो।

नेपालले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमध्ये चारमा जित हात पारेको थियो। विशेष गरी, लिगको अन्तिम खेलमा तुर्कमिनिस्तानलाई ३-० सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेशमा सफल भएको थियो। यस जितले नेपाललाई स्वर्ण पदकको प्रबल दावेदार बनाएको थियो।

लिगको समाप्तिमा, नेपालले १० अंकसहित दोस्रो स्थानमा रहँदै उज्वेकिस्तानसँग फाइनल खेल्न मौका पाएको थियो। तर, फाइनल खेलमा उज्वेकिस्तानको सशक्त प्रदर्शनसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्दा हार बेहोर्नुपर्यो। 

पहिलो सेट २७-२५ले जितेको नेपालले त्यसपछिका लगातार ३ सेट गुमाउँदै उपाधि पनि गुमाउन पुग्यो। 

उज्वेकिस्तानले २५-१० ले जित्दै सेट बराबर गरेको थियो। नेपालले सुरुआतमा राम्रो प्रदर्शन गरे पनि पछि सम्हालिन नसक्दा सेट गुमाउन पुग्यो। 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro
Nepal Cricket Jersey