इटालीविरुद्ध बेल्जियमको उत्कृष्ट कमब्याक

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०६-२५
  • |
  • 794 पटक हेरिएको

युइएफए नेशन्स लिगको खेलमा बेल्जियमले दुई गोलले पछि परेपछि उत्कृष्ट पुनरागमन गर्दै १० खेलाडीमा सीमित इटालीसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ। यस नतिजाले बेल्जियमलाई नेशन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने मौका थप बलियो बनाएको छ।

बेल्जियमका लागि म्याक्सिम डी कुइपर र लिआन्ड्रो ट्रोसार्डले महत्वपूर्ण भूमिका खेले। अब बेल्जियम समूह ब्द्द को शीर्ष स्थानमा रहेको इटाली भन्दा तीन अंकले पछि परेको छ। खेलको पहिलो हाफको ३९ औं मिनेटमा, इटालीका मिडफिल्डर लोरेन्जो पेल्लेग्रिनीलाई सिधा रातो कार्ड देखाइयो, जसले इटालीलाई बाँकी खेल १० खेलाडीमा खेल्न बाध्य बनायो।

इटालीले खेलको शुरुवातमा नै उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अग्रता लियो। पहिलो गोल खेलको सुरुवात भएको ६१ सेकेन्डमै एन्ड्रिया क्याम्बियासोले गरे, जुन उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। खेलको २४ औं मिनेटमा माटेओ रेतेगीले टिमका लागि दोस्रो गोल थपे। 

यता, बेल्जियमले केभिन डी ब्रुइन र रोमेलु लुकाकुको अभावमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। पहिलो हाफको अन्त्यतिर डी कुइपरले लामो दूरीबाट गोल गर्दै एक गोल फर्काए। पेल्लेग्रिनीको निष्कासनपछि बेल्जियमलाई खेलमा फर्कन ठूलो सहयोग भयो। ६१ औं मिनेटमा लियोनार्दो ट्रोसान्डले गोल गरेपछि खेल दुई दुईको बराबरीमा आएको थियो। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal