नेपाल च्याम्पियन
- नेप्लेज
- |
- २०८१-०६-१४
- |
- 147 पटक हेरिएको
काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ।
बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो। त्यसमा नेपालको सरस्वती डोजो, गोकर्णेश्वरले ११ स्वर्ण, २ रजत र २ कांस्य योगदान ग¥यो।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा भारतले ४ स्वर्ण, २ रजत र ५ कांस्य हात पा¥यो । पुरुषमा नेपालका रोहन जिम्मी र महिलामा नेपालकै प्रशंसा पहरी उत्कृष्ट खेलाडी घोषित भए।
दुईदिने प्रतियोगितामा १७० खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।