वर्दान र अन्जन फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-१३
  • |
  • 179 पटक हेरिएको

वर्दान मोक्तान र अन्जन मगर पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगिताको पुरुष ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा बसुन्धरास्थित विशाल भवनमा भएको प्रतिस्पर्धामा वर्दानले रोहित मगर तथा अन्जनले सुजन तामाङलाई पराजित गरे । महिला खुला तौलसमूहमा जिमी राईले रेजिना सुनुवार तथा उर्सला पहरीले इरासिंह तामाङलाई पाखा लगादै फाइनलमा स्थानमा सुरक्षित गरे । सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडी नेपालका हुन् ।

आयोजक संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेललका अनुसार योसहित प्रतियोगितामा समावेश जम्मा १९ स्पर्धा मध्ये १५ स्पर्धाको सेमिफाइनल सम्पन्न भएको छ । बाँकी ४ स्पर्धाको क्वाटरफाइनल चरणका खेल सकिएको छ ।

प्रतियोगिताको नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey