पारो एफसीको सफलताका हस्ती पुष्पलाल नेपाली टिमको प्रशिक्षक बन्न इच्छुक
- मुक्तिबाबु रेग्मी
- |
- २०८१-०६-१३
- |
- 358 पटक हेरिएको
पारो, भुटान । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि असोज १४ गतेसम्म दरखास्त दिने मिति रहेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिमको प्रशिक्षक बन्नका लागि योग्यता पुगेकालाई निवेदन दिन भनेको छ । तर, एन्फाले निकालेको सूचना अनुसार नेपाली प्रशिक्षकहरुले दरखास्त दिन पाउने छैनन् । कारण हो नेपाली प्रशिक्षकहरुले प्रो लाइसेन्स कोस नै पूरा गरेका छैनन् । केहीले अहिले कोर्स गरीरहेका छन् ।
नेपाली टिमले यस पटक पनि विदेशी प्रशिक्षक पाउने पक्का छ । तर, विदेशी प्रशिक्षक नेपाल आउने अनि केही समय त्यहाँको बारेमा बुझ्दै गर्दा नतिजा ननिस्कने पुरानै परम्परा जस्तै बनेको छ । त्यसैले नेपाल बुझेको प्रशिक्षक खोज्नु पर्नेमा नेपाली फुटबल प्रेमी समर्थकहरु एक मत छन् ।
आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु
भुटानको पारो एफसीलाई यहाँसम्म पुर्याउनमा पुष्पलाल शर्माको ठूलो योगदान छ । क्लब खुलेको ८ बर्षमा पारो एफसीले ५ पटक लिग च्याम्पियन भइसकेको छ । यसको फ्रन्टलाइनमा काम गरेका पुष्पलाल अहिले भुटानको क्लबको अवस्था कस्तो हुनुपर्छ भन्ने मानक बनाउने अभियानमा लागेका छन् । प्रोलाइसेन्स प्राप्त पुष्पलालले भुटानको फुटबलमा पर्दा पछाडिबाट सघाइरहेका छन् । नेपाली फुटबलबारे पनि राम्रो जानकार रहेका उनै शर्माले आफू नेपाली टिमको प्रशिक्षक बन्न इच्छुक रहेको नेप्लेजसँगको कुराकानीमा बताए ।
उनले मुख्य प्रशिक्षकले सिनियर टिम सम्हाल्ने मात्रै नभइ ग्रासरुटदेखि नै फुटबलको विकासमा योगदान गर्नु पर्नेमा जोड दिन्छन् । उनै शर्मासँग भुटानमा नेप्लेजकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानी यो भिडियोमा ।