प्रकाशको अध्यक्षतामा सोतोकान कराते भक्तपुर जिल्ला कार्यसमिति गठन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-१३
  • |
  • 203 पटक हेरिएको

भक्तपुर । प्रकाश थापा मगरको अध्यक्षतामा नेपाल सोतोकान कराते संघ, भक्तपुर जिल्लाको नयाँ कार्यसमिति गठन भएको छ।

शनिबार सम्पन्न अघिवेशनले सात सदस्यीय कार्यसमिति सर्वासम्मत चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा विक्रम बुढा, सचिवमा प्रवीन थापा मगर र कोषाध्यक्षमा लिना थापा मगर छन्। यसैगरी सम्झना पनेरु, रामचन्द्र जयना र दीपेन्द्र थापा मगर सदस्यमा चुनिएका छन्।

सो अघिवेशनमा प्रमुख अतिथि माननीय किरण थापा मगर स्वास्थ्य मन्त्री (बागमती प्रदेश), विशिष्ट अतिथि श्याम शेर्पा (नेपाल सोतोकानका प्रमुख प्रशिक्षक) लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सोही अवसरमा भक्तपुर जिल्लाका सम्पूर्ण खेल प्रेमीलाई मध्यनगर गरि सानो ठिमी मगर गाउँमा नेपाल सोतोकान कराते संघको डोजो पनि उद्घाटन गरिएको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal