योहेइले काठमाडौं म्याराथन दौड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-११
  • |
  • 249 पटक हेरिएको

काठमाडौं । जापानका कोबायासी योहेइले शनिबार हुने १६ औं काठमाडौं म्याराथनमा दौड्ने भएका छन्। 

ओसाका म्याराथनमा सहभागिता जनाइसकेका उनले पुरुष म्याराथन (४२.१९५ किलोमिट) र मा दौड्ने भएका हुन्।

जापानको निप्पोन एसिया बेसबल फ्रेन्ड्स क्लब लालीगुराँसका अध्यक्ष समेत योहेइले नेपाल सफ्ट बल तथा बेसबल संघका पदाधिकारीसंग पनि भेटघाट गरेका छन्। 

बेसबलका अध्यक्ष दीपक न्यौपानेले योहेइले विगत २५ वर्षदेखि नेपाललाई बेसबलको विकास र विस्तारका लागि सहयोग गर्दै आएको जानकारी गराए। उनले नेपाललाई खेल सामाग्री सहयोग गर्नुका साथै जापानस्थित विभिन्न खेल संघसंग सम्बन्ध विस्तारका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष न्यौपानेले बताए।

उनले फुकुसिमा बेसबल प्रोजेक्टअन्तर्गत नेपालका विभिन्न खेलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालका लागि जापानका राजदूत, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतसंग पनि भेट गरे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal