सदस्य सचिव र मुख्य प्रशिक्षकबीच के भयो छलफलमा?

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-१०
  • |
  • 116 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा चासो राख्दै बिहीबार छलफल गरेका छन् ।

सो अवसरमा सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नु पर्ने सुझाउदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय-समयमा रिफ्रेसर कोर्ष गर्नु पर्नेमा जोड दिए । उनले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिने बताउदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।

उनले वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रकृया अगाडि बढिसकेको बताए । सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा माहिनमा एक पटक बैठक समेत राख्ने बताए ।

छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप-निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।

सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ-आफ्नो खेलको अवस्था बारे जानकारी गराउदै समस्या बारे अवगत गराएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey